सापकोटा थर
गोत्र भन्नाले, आदि पुरुष, वंश सञ्चालक व्यक्ति, खलक, कुल, सन्तान भन्ने बुझिन्छ । यजुर्वेदिक कालबाट ऋषिमुनिहरुले गोत्रको सुरूवात गरेको देखिन्छ । संस्कृत नेपाली शब्दकोष अनुसार वंशविस्तार गर्ने महर्षिहरु गौतम, विश्वामित्र, जमदग्नि, भारद्धाज, अत्रि, वशिष्ठ र कश्यप यी सप्तर्षिका साथै अगस्त्य ऋषिका जति सन्तान छन् तिनलाई गोत्र भनिन्छ । वशिष्ठ ऋषिकै कुलमा जन्मेका कौडिन्य ऋषिले आफ्नै नामबाट कौडिण्य गोत्रको आरम्भ गरे । कौडिन्य ऋषि गोत्र प्रवर्तक हुन् । कौडिण्य गोत्रका कौडिण्य, वशिष्ठ र मैत्रावरुण गरी तिन प्रवर छन्, यसरि कौडिण्य त्रिप्रवर हुन् ।
द्वापर युगी, महर्षि कौडिन्य कुलमा धेरैकाल अर्थात् कम्तीमा चार हजार वर्षपछि भट्ट उपाधि प्राप्त ब्राह्मण वंश देखियो । नैमिषारण्य क्षेत्रका सच्चिदानन्द र सदानन्द नाम गरेका यी भट्ट ब्राह्मणले सिञ्जाली राजा रणकेशरबाट आचार्य उपाधि प्राप्त गरे । सदानन्द आचार्यबाट जन्मेका ५ विद्वान् छोराहरुमध्ये राम आचार्यका साँहिला छोरा नरहरिले अछामको सापिखोला गाउँ बिर्ता पाए, यिनका सन्तानले पछी रुकुमको सर्पकोट (सापकोट) हुदैँ बाग्लुङको ज्यामरुककोटमा आई बसेपछि सापकोटा थर लेख्न थालेको पाईयो । यसरि नरहरि सापकोटा नै सापकोटाका आदि पुरुष भएको सबैतिरबाट पुष्टि भएको छ ।
सापकोटा सम्बन्धी सामान्य ज्ञान
- थरः सापकोटा
- गोत्रः कौडिन्य
- पवेदः शुक्लयजुर्वेद
- शाखाः मध्यन्दिनीय
- संहिताः वासनेय
- कुल देवताः क्षेत्रपाल कनककन्यादेवी, रिमाल, रमाल, रुमाल, विन्ध्यवासिनी, वज्रयोगिनी, इमाबुदु बडिमहारानी, मस्टो लगायतका देवीदेवताहरुको पूजा गर्ने चलन पाइयो ।
- कुलपूजा तिथिः धान्यपूर्णिमा, गौरीपूर्णिमा, ज्येष्ठी पूर्णिमा मध्येमा अलगअलग गर्दै आएकोमा अबदेखि चण्डी पूर्णिमामा मात्र सम्पूर्ण सापकोटाहरुले कुलपूजा गर्ने तिथिको लागि अनुरोध गरिएको छ ।
- अक्षरः ॐ
- कुलधर्मः वैदिक सनातन हिन्दु धर्म
- संस्कृतिः श्रुतिस्पुराणोक्ति
- मूल पुरुषः नरहरि
- लिपिः देवनागरी
- केन्द्रीय कौडिन्य कुलदेवता मन्दिरः देवघाटधाम, तनहुँ
- सापकोटा भनिएका प्रथम व्यक्तिः नरहरि
- सापकोटाको जनसङ्ख्याः लगभग १३ लाख नेपालभित्र, १ लाख नेपाल बाहिर
सगोत्री थरहरुकौडिन्य गोत्र हुने थरहरूः
सापकोटा, आचार्य/दीक्षित, न्यौपाने, पनेरु, प्याकुरेल, सत्याल, त्रिताल, बाँस्कोटा, गैरे, मोरासिनी र मरासाइनी, बन्जारा/बज्जारा/बनजारे, लकाइखडका, एकाथरी पाठक, लम्जेल, वाग्ले थापा, पराजुली, ध्यानी, ठानी रोकाया, सेगुवल, कवल, पुन्जारी, लकाई रावल, चाहर, शास्त्री, काकेटर, कप्सी, काताके, मन्जरेकर, मजुमदार, पखर्धन, फनसे घाँटे, गाम्लेपाम, वाग्ले थापा एकथरी भारती (झापा) एकथरी श्रेष्ठ (झापा) आदि ।
(स्रोत : राजेन्द्र प्र. सापकोटा, माध्यम–स्थलगत जानकारी सड्ढलन सूचना, जानकारी दिनेको नाम वंशावलीको अनुसूचीमा समावेश गरिएको छ)