२४ औं साधारण सभामा अनिबार्य उपस्थिति बारे

प.सं. १/०७५/०७६ च.नं: ४२
मिति: २०७५/०६/१४

उपर्युक्त सम्बन्धमा यस सापकोटा कल्याण केन्द्र नेपाल, कौडिन्य ऋषि आश्रम देवघाटधाम तनहुँको बार्षिक साधारण सभा प्रत्यक बर्ष चण्डीपूर्णिमाको दिन गरिदै आइरहेकोमा राज्यको कानुन अनुसार आर्थिक बर्षको समाप्ती असार मसान्तमा मात्र हुने र सो भन्दा निकट अगाडि गत आ.व.को साधारण सभा गर्न कानुन संगत पनि नहुने भएकोले यस केन्द्रको गत आ.व.को साधारण सभा समेत हाल सम्म पनि स्थगन भएको छ । यस सम्बन्धमा यस केन्द्रका सल्लाहकार ज्युहरु तथा पुर्व पदाधिकारी समेतको मिति २०७५ कार्तिक १० गतेको सुझाव सहितको सिफारिस एबं मिति २०७५ कार्तिक १४ गतेको केन्द्रीय कार्य समितिको निर्णयअनुसार तपसिलमा उल्लेखित मिति, समय र स्थानमा यस केन्द्रको २४ औं साधारण सभा कार्यक्रम हुने भएकोले यहाँको न्यानो तथा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

तपसिल:
मिति:- २०७५ मङ्सिर २८ गते शुक्रबार
स्थान:- कौडिन्य ऋषि आश्रम परिसर, देवघाटधाम
समय:- बिहान १०:३० बजे
फोन. न. ०५६-६२१४३०
फ्याक्स: ०५६-५३०५३२

बिशेष कार्यक्रम: दाताहरुबाट अतिथि आवास भवनको शिल्यान्यास गरिने कार्यक्रम समेत भएको व्यहोरा जानकारी गराइन्छ ।

अध्यक्ष, राजेन्द्र प्रसाद सापकोटा, ९८५५०-६५३१४
महासचिब, गोबिन्द प्रसाद सापकोटा: ९८४१-६०९५४३
सचिव, लोकनाथ सापकोटा: ९८५५०-६५४८४

कार्यक्रमहरु

नियमित पर्वहरु

  • हामीले नियमित रुपमा मनाउने गरेका यी पर्वहरुमा यहाँको उपस्थिति प्रार्थनीय छ ।

    साथै कुनै पनि श्रदालु भक्तजनले चौरासी पुजन, ब्रतबन्ध, रुद्री, श्राद्द कर्म, बिबाह, भण्डार एबम अन्य पाठपुजा आदि उत्सबहरु व्यक्तिगतरुपमा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको छ ।

  • हरेक सोमबार बिहान ११ बजे
    भजन किर्तन
  • बैशाख शुक्लपक्ष
    चण्डी पुर्णिमा, कुलपूजा
  • जेठ शुक्लपक्ष
    गौडी पुर्णिमा
  • श्रावण अन्तिम सोमबार
    श्रावणी रुद्री र साधारण सभा
  • आश्विन शुक्ल पंचमी
    विजयादशमी तथा शुभ दीपावलीको शुभकामना आदान प्रदान
  • मार्ग शुक्ल पक्ष
    धान्य पुर्णिमा
  • माघेसंक्रान्ति
    देवघाट मेला
  • फाल्गुन शुक्ल दशमी
    संस्थाको वार्षिकोत्सव

सम्पर्क

Contact us for more information or donations.
सापकोटा कल्याण केन्द्र नेपाल
कौडिन्य ऋषि आश्रम,
देवघाटधाम, तनहूँ
फोनः ०५६-६९१५७६

सम्पर्क कार्यालय:
भरतपुर महानगरपालिका - १०
मालिका मन्दिर, हाकिम चोक, चितवन
फोन: ०५६- ६२१४३०
फ्याक्स: ०५६-५३०५३२
अध्यक्ष: ९८५५०६५३१४
इमेल : info@sapkotakalyankendra.org

फेसबुकमा फलो गर्नुहोस्

Follow Us on Facebook
संस्थाका कार्यक्रमहरु तथा विभिन्न गतिविधिहरुको ताजा जानकारी हाम्रो फेसबुक पेज मार्फत जानकारी गर्ने गरि व्यवस्था गरिएको हुनाले सम्पूर्ण सापकोटा बन्धुहरुलाई हामीसंग फेसबुकमा जोडिन आग्रह गर्दछौं ।